छैठौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी मंसिर १२ देखि काठमाडौँमा, बुकिङ खुला


AUG 21, 2025

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) को संयुक्त आयोजनामा छैठौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी आगामी मंसिर १२ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा हुने भएको छ ।

‘कृषिमा यन्त्र र प्रविधिः कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुने यो प्रदर्शनीमा करिब २० मुलुकका १५० भन्दा बढी प्रदर्शनीकर्ताले २०० भन्दा बढी स्टलमार्फत २ हजारभन्दा बढी प्रकारका आधुनिक कृषि औजार, उपकरण, यन्त्र तथा प्रविधिहरू प्रस्तुत गर्ने जनाइएको छ । प्रदर्शनी हेर्नका लागि प्रवेश निःशुल्क हुनेछ ।

नेपालमा कृषि यान्त्रिकरण प्रवर्धन गर्ने उद्देश्यले विसं२०७० सालमा चितवनबाट सुरू गरिएको यो प्रदर्शनी हालसम्म पाँच पटक राष्ट्रिय, एक पटक प्रादेशिक र एक पटक अन्तर्राष्ट्रिय एग्रीटेक प्रदर्शनी सम्पन्न भइसकेको छ । यस वर्षको प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायिक तरकारी खेती, सिँचाइ, पोष्ट हार्भेष्ट, प्रशोधन तथा बजारीकरणसम्बन्धी नवीनतम यन्त्र, उपकरण तथा प्रविधिका साथै बीउबिजनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादक र विक्रेताहरू सहभागी हुने आयाेजकले जनाएकाे छ ।

आयोजकले प्रदर्शनीले कृषकलाई आधुनिक कृषि यन्त्र र प्रविधि सम्बन्धी जानकारी दिने, कृषि प्रणालीको आधुनिकीकरण र व्यवसायीकरणलाई टेवा पुर्याउने तथा नीति निर्माता, व्यवसायी, अनुसन्धानकर्ता, विद्यार्थी र कृषकबीच समन्वय गर्ने अपेक्षा राखेका छन् । साथै प्रदर्शनीमार्फत कृषक, सहकारी संस्था, बैंक तथा वित्तीय संस्था लगायत सरोकारवालाबिच सहकार्यको वातावरण सृजना हुने विश्वास आयोजकको छ ।

प्रदर्शनीमा नेपाल कृषि मेसिनरी व्यवसायी संघका सदस्यहरूलाई विशेष छुटको व्यवस्था गरिएको छ भने स्टल बुकिङका लागि भाद्र ४ गते देखि खुला गरिएको आयोजकले जनाएको छ ।

 

—–नामियाकाे प्रेस विज्ञप्ति——–

 

नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) नेपालमा कृषि यान्त्रिकरण तथा प्रविधि सम्बन्धि व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई समेटी नेपालको कृषि यान्त्रिकरण प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले वि.स. २०७१ सालमा स्थापना भएको गैर नाफामुलक सामाजिक संस्था हो ।

कृषकहरूलाई आधुनिक कृषि यन्त्र, उपकरण तथा प्रविधिहरुका बारेमा जानकारी गराउने उद्देश्यले नेपाल सरकारको कृषि विभाग अन्तरगत रहेको तत्कालीन कृषि ईन्जिनियरिङ्ग निर्देशनालयले प्रथम राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी–२०७०, चितवनको भरतपुरमा आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको थियो ।

त्यसपश्चात कृषि यान्त्रिकरण प्रदर्शनीलाई निरन्तरता दिदै नेपाल सरकारको विभिन्न निकायहरु र नामिया को संयुक्त सहकार्यमा हाल सम्म पाँच पटक राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी, एक पटक प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी साथै एक पटक अन्तराष्ट्रिय एग्रीटेक प्रदर्शनी सम्पन्न भईसकेको छ ।

यसै सन्दर्भमा नेपाल सरकारको संघिय कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको कृषि विभाग मातहतको कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द«, हरिहरभवन, ललितपुर र नामियाको संयुक्त आयोजनामा आगामी मिति २०८२ मंसिर १२, १३ र १४ गतेसम्म “कृषिमा यन्त्र र प्रविधिः कृषक र राष्ट्रको समृद्धि” भन्ने मुल नाराका साथ छैठौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी—२०८२ भृकुटीमण्डप प्रदर्शनी हल, प्रदर्शनी मार्ग, काठमाडौंमा आयोजना हुन गईरहेको छ ।

नेपालको कृषि तथा पशुपन्छीपालन क्षेत्रलाई यान्त्रिकरण, औद्योगिकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पु्र्याउने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायीक तरकारी खेती, सिँचाई, पोष्ट हार्भेष्ट र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामाग्रीहरु साथै बीउविजनहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित उत्पादक तथा विक्रेताहरुको सहभागिता रहनेछ ।

विगतका आयोजना गरिएका प्रदर्शनीहरूः

प्रथम राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी – २०७०, चितवन
दोस्रो राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी – २०७२, कोहलपुर
प्रथम अन्तराष्ट्रिय एग्रीटेक प्रदर्शनी, काठमाण्डौ–२०७३
तेस्रो राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी—२०७४, धरान
चौथो राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी—२०७६, चितवन
पाँचौ राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी – २०७८, चितवन
प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी २०८०, पोखरा

प्रदर्शनीको उद्देश्य

एकै थलोमा विभिन्न आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, सिंचाई, कोल्ड स्टोर, पोस्ट हार्भेष्ट, प्रशोधनका यन्त्र तथा उपकरणहरु र तरकारी खेति, पुष्प, नर्सरी सम्बन्धि प्रविधि एवम् बिउबिजन साथै कृषि तथा पशुपन्छी सम्बन्धी सेवाहरूका बारे जानकारी गराउन उपभोक्ता तथा नीति निर्माताहरुलाई कृषि यान्त्रिकरण सम्बन्धि नविनतम प्रविधिहरुको जानकारी गराउन कृषि यन्त्र तथा उपकरणहरुको प्रचार प्रसारमा वृद्धि गरी कृषि यान्त्रिकरण प्रवद्र्धनमा सहयोग पुर्याउन कृषि यान्त्रिकरण प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवद्र्धनमा योगदान पुर्याउन
कृषि यान्त्रिकरण व्यवसायी र उपभोक्ताहरु बीच समन्वय गर्न व्यावसायीक कृषि प्रणाली सम्बन्धी चेतना अभिवृुद्धि गर्न तथा लगानीको अवसर सिर्जना गर्न कृषि यन्त्र तथा प्रविधि सम्बन्धी विभिन्न क्षेत्रमा काम गरिरहेका उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक, नीति निर्माता, कृषि विज्ञ र कृषकबिच समन्वय र सहकार्यको वातावरण सृर्जना गर्न ।

प्रदर्शनी स्थलः भृकुटीमण्डप प्रदर्शनी हल, प्रदर्शनी मार्ग, काठमाडौं

प्रदर्शनी मितिः २०८२ मंसिर १२, १३ र १४ गते

आयोजकः

१. नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द हरिहरभवन, ललितपर

२. नेपाल कृषि मेशिनरी व्यवसायी संघ

लक्षित प्रदर्शनीकर्ताः

कृषि औजार र उपकरणहरूको उत्पादक, उद्यमी, आयातकर्ता, वितरक, डिलर, सव-डिलरहरु तथा अन्य व्यवसायीहरू, सरकारी एवं गैह्र सरकारी संघ संस्थाहरू, शैक्षिक संस्थाहरू, अनुसन्धानात्मक संस्थाहरू, कृषक समुह तथा सहकारी संस्थाहरू, बैंक तथा वित्तीय संस्थाहरू, आदि

लक्षित अवलोकनकर्ताः

सर्वसाधारण जनमानस, कृषक, कृषक समुह, कृषि सहकारी संस्थाहरु, विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा वैज्ञानिकहरू
उद्यमी व्यवसायी,सरकारी एवं गैह्र सरकारी संस्थाहरू, नीति निर्माता, आदि ।

अवलोकनको लागि प्रवेश शुल्कः निःशुल्क

प्रदर्शनीको आकर्षणहरूः

प्रदर्शनीकर्ताः करिव १५०
स्टल संख्याः करिब २०० भन्दा बढी । (करिव २० मुलुकका, २००० भन्दा बढी प्रकारका कृषि औजार उपकरण, यन्त्र तथा प्रविधिहरू हुने )
नेपाल कृषि मेसिनरी व्यवसायी संघका सदस्यहरूलाई विशेष छुटको व्यवस्था

बुकिङ्ग खुल्ला हुने मितिः २०८२ भाद्र ०४ गते, बुधबार ।

पत्रकारबाट अपेक्षाः

यहाँहरूको सञ्चार माध्यम बाट प्रदर्शनी सम्बन्धी प्रचार प्रसार भई बढी भन्दा बढी प्रदर्शनीकर्ता र अवलोकनकर्ताको सहभागीताको अपेक्षा सहित सो प्रदर्शनी अवलोकनको लागि समेत विनम्र अनुरोध गर्दछौं ।

थप जानकारीका लागि सम्पर्कः

नेपाल कृषि मेसिनरी व्यवसायी संघ

सितापाइला, काठमाडौं

फोनः +९७७–९८४७५१३६७०, +९७७–९८५१३३१७५८