तथ्य र तथ्यांकमा धानः पछिल्लो एक दशक (आव ०७२/७३ देखि ०८१/८२ सम्म) नेपालमा धान उत्पादनको अवस्था चित्र ।
– गत आर्थिक वर्षमा नेपालभर कुल ५९ लाख ५५ हजार मेटिक टन धान उत्पादन भएको थियो । नेपालमा हालको आवश्यकता ७० लाख मेटिक टन रहेको छ ।
– नेपालीले उपभोग गर्नलाई नपुग्ने १० लाख ५३ हजार मेटिक टन धान मात्र आयात गर्नु परिरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ ।
– नेपालीले दैनिक खाने खानाको औसतमा ५० प्रतिशत भन्दा बढी आपूर्ति धान चामलबाटै हुन्छ।
– धानले कृल ग्राहस्र्थ उत्पादन (जिडिपी) मा करिब ४ प्रतिशत र कृषि कुल ग्राहस्र्थ उत्पादन (एजिडिपी)मा करिब १५ प्रतिशत योगदान गरेको छ।
– बार्षिक करिव २२० अर्ब हाराहारीको धान चामल र धान चामलजन्य अन्य वस्तु उत्पादन हुने गरेको छ ।
– नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले धानको १४० भन्दा बढी जात र प्रविधि विकास गरेको छ ।
– आगामी आ. व. २०८२/८३ को बजेट वक्तव्य मार्फत २ वर्ष भित्र चामलमा आत्मनिर्भरता हासिल गर्ने घोषणा गरेको छ । २२ जिल्लामा विशेष चैते धान प्रवर्द्धन कार्यक्रमको समेत घोषणा गरेको छ ।
– पछिल्लो २० वर्षमा प्रति वर्ष ०.३६ प्रतिशतको दरले धानको क्षेत्रफल घट्दै गएको छ ।