काेदाे समाचार लेखन पुरस्कार २०८१, सहभागी हुन आव्हान
सन्दर्भः राष्ट्रिय काेदाे दिवस २०८१
काेदाे प्रदवर्द्धनका लागि हातेमालाे गराैँ।
नेपालमा परापूर्व कालदेखि खेती गरिँदै आइएकाे काेदाे तथा काेदाेजन्य बालीले पछिल्ला वर्षहरूमा विश्वले नै यसकाे महत्व बुझेर उपभाेग बढाएकाे अवस्था छ । संयुक्त राष्ट्रसंघले सन् २०२३ लाइ काेदाेजन्य बाली वर्षकै रूपमा घाेषणा गरेर भब्य रूपमा मनाइसकिएकाे छ । संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएअाे) ले पनि नेपालमा काेदाे प्रवर्द्धनका लागि प्राथमिकतामा राखेर काम गरिरहेकाे छ । कुअन्न भनेर चिनिने काेदाेकाे पाेषकीय महत्वका कारण स्मार्ट अन्नकाे परिचय बनाइसकेकाे छ । काेदाेकाे पाेषकीय महत्व, कृषि चक्रमा भूमिका र राष्ट्रिय अर्थतन्त्रमा पनि याेगदान गर्न सक्ने अवस्थालाइ मध्यनजर गरेर नेपालमा पनि पछिल्लाे दशकमा काेदाे प्रवर्द्धनका कार्यक्रमहरू भइरहेका छन्।
काेदाे दिवसका सान्दर्भिकता र पहलः
मित्र राष्ट्र भारतकाे सिफारिसमा काेदाेजन्य बाली वर्ष नै मनारहेकाे सन्दर्भमा काेदाे प्रवर्द्धनकाे लागि नेपालमा २०७८ सालमा काेदाे दिवस प्रस्ताव गर्दै कार्यक्रम गर्न थालिएकाे हाे । सीमान्त बालीका रुपमा लिइने कोदोको प्रवद्र्धनका लागि कोदो दिवस मनाउन राष्ट्रिय कृषक समूह महासंघ नेपाल र एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) को संयुक्त आयोजनामा लकडाउनकै समयमा भर्चुअल माध्यम दिवस मनायाे भने काठमाडौंको टोखामा कोदो राेपण कार्यक्रम सम्पन्न गरिएकाे थियाे ।
हरेक वर्ष काेदाे राेप्ने समय साउन १५ लाइ काेदाे दिवस मनाइदै आइएकाे छ । आर्थिक र स्वास्थ्यका दृष्टिकोणले पनि उत्कृष्ट बाली भएकाले कोदोलाई राष्ट्रिय बालीका रुपमा प्रवद्र्धन गर्न असार १५ मा धान दिवस मनाएजस्तै साउनको १५ वा अरु कुनै दिनलाई सरकारले कोदो दिवसका रुपमा मनाउन दबाब स्वरूप दिवस नै घाेषणा गरेर मनाइदै आइएकाे छ ।
काेदाे समाचार लेखन पुरस्कार २०८१
याे वर्ष काेदाे दिवसकाे सन्दर्भ पारेर अनाजले काेदाे प्रवर्धन गर्ने कृषि संचारकर्मीहरू धन्यवाद ज्ञापन गर्दै काेदाे सम्बन्धी संचार सामग्री लेखन प्राेत्साहन गर्दैछ । तपाइँ कुनै मिडियामा नियमित रूपमा काेदाे सम्बन्धी कलम चलाउनु भएकाे छ भने त्यस्ताे सामग्रीकाे लिंक वा कटिंङ हामीलाइ पठाउनुहाेस्। उत्कृष्ट सामग्रीमध्ये तीन सामग्रीलाइ पुरस्कृत गरिनेछ ।
पछिल्लाे ६ महिनायता काेदाेका कुनै पनि विषयमा लेख्नु भएकाे नेपाली वा अंग्रजी भाषाका सामग्री (छापा वा अनलाइन माध्यम) हामीलाइ साउन १४ गतेभित्र पठाउनु हाेला । साउन १३ सम्म नै प्रकाशित सामग्री पनि पठाउन सक्नुहुनेछ ।
‘बहुगुणी कोदो प्रवद्र्धन गरौँ, स्वथ्य जीवन जीउन योगदान गरौँ !’
एसाेसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज)
अनामनगर, काठमाडाैँ
फाेनः 9851077267
इमेलः [email protected]
वेभसाइटः anaj.org.np