धान दिवसमा पहिलो पटक कृषि पत्रकार सम्मानित
काठमाडौँ । मुख्य बाली धानको प्रवर्धन गर्ने पत्रकारलाई पहिलो पटक सम्मान गरिएको छ । २२ औँ राष्ट्रियधान दिवस तथा रोपाइँ महोत्सव २०८२ को अवसरमा मुल आयोजक समितिले कृषि पत्रकार द्वय राजु चौधरी र सरिता थारुलाई सम्मान गरेको हो।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मुल समारोहबिच पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेका हुन् । पत्रकार चौधरी कान्तिपुर दैनिक र थारु क्यापिटल म्यागजिन तथा अनलाइनमा कार्यरत छिन् ।
पत्रकारहरुले वर्षौँदेखि कृषि क्षेत्रमा योगदान गरिरहकाले यो वर्षदेखि पत्रकारलाई पनि सम्मान गर्ने कार्यको थालनी गरेको मुल आयोजक समितिका संयोजक तथा कृषि विभागका महानिर्देशक प्रकाश कुमार संजेलले बताए ।
एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) को सिफारिसमा मुल आयोजक समितिको बैठकको निर्णय बमोजिम पत्रकारलाई सम्मान गरिएको आयोजकले जनाएका छन् ।
यो वर्षको धान दिवस धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता मूल नाराकासाथ नेपाल कृषि अनुसन्धान परिषद (नार्क) परिसरमा मनाइएको छ ।
नार्क अन्तर्गतको राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, कृषि विभाग अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र र राष्ट्रिय किसान आयोगसमेतले मुल समारोहका मुख्य आयोजकको भुमिका निभाएका थिए।
कार्यक्रममा उत्कृष्ट किसान, कृषि सहकारी, वैज्ञानिक, उद्योगीसमेतलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
सम्मान तथा पुरस्कृत हुनेको विवरण:
सम्मानित र पुरस्कृत सूची:
१. रैथाने धानको संरक्षण र प्रवर्द्धन:
🔸 कञ्चन जैविक विविधता संरक्षण तथा विकास समिती, चन्द्रडाँगी, झापा
🔸 प्रतिनिधि: नन्दलाल पौडेल
🔸 पुरस्कार: नगद रु १५,००० र प्रमाणपत्र
२. चैते धान उत्पादनमा योगदान:
🔸 प्रदीप रायमाझी, सुनवर्षी–१, मोरङ
🔸 पुरस्कार: नगद रु १५,००० र प्रमाणपत्र
३. सामूहिक धान नर्सरी उत्पादन:
🔸 श्री मशाल साना किसान कृषि सहकारी संस्था, खैरहनी–१०, चितवन
🔸 प्रतिनिधि: नगता के.सी.
🔸 पुरस्कार: नगद रु १५,००० र प्रमाणपत्र
४. धान मूल्य शृङ्खलामा योगदान:
🔸 आरजू राइस मिल, बेलबारी–९, मोरङ
🔸 प्रतिनिधि: विवेकानन्द झा
🔸 पुरस्कार: प्रमाणपत्र
५. धान बालीमा वैज्ञानिक योगदान:
🔸 डा. उज्ज्वल कुमार सिंह, राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र, खुमलटार
🔸 पुरस्कार: नगद रु १५,००० र प्रमाणपत्र
६. मूल्य शृङ्खलामा उत्कृष्ट कार्यान्वयन (जोन):
🔸 प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुपरजोन झापा
🔸 प्रतिनिधि: रबिन्द्र सुवेदी
🔸 पुरस्कार: प्रमाणपत्र
७. कृषि पत्रकारिता (छापा):
🔸 राजु चौधरी, वरिष्ठ सहसम्पादक, कान्तिपुर दैनिक
🔸 पुरस्कार: नगद रु ७,५०० र प्रमाणपत्र
८. कृषि पत्रकारिता (अनलाइन):
🔸 सरिता थारु, संवाददाता, क्यापिटल नेपाल
🔸 पुरस्कार: नगद रु ७,५०० र प्रमाणपत्र

