लम्पी स्किन बारे तथ्यांक र अपडेट


AUG 22, 2023

पहिलो पटक रोग देखा परेकोः २०७७ असार महिनामा मोरङको सुन्दरहरैचा न.पा. का गाईमा

लम्पी स्किन रोग संक्रमण हुन सक्ने पशुः गाई,भैँसी,गोरु,राँगो,बाच्छाबाच्छी,पाडापाडी । 

रोगको अवस्थाः

७७ वटै जिल्लामा संक्रमण पुष्टी भएकोमा हाल मनाङ र मुस्ताङ जिल्लाहरूमा यो रोग पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। यस रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका मध्य पहाडी तथा पहाडी क्षेत्रमा रहेका पशुहरू बढी प्रभावित भएकोमा पछिल्लो जानकारी अनुसार यो रोग पहाडी जिल्लाहरूमा क्रमशः घट्दो क्रममा रहेको र मधेश तथा बागमती प्रदेशका केही जिल्लाहरू तरार्इका जिल्लाहरुमा यो रोगको संक्रमण देखा परिरहेको छ।

 

पाँच महिनाको अवधि/हालको लम्पी स्किन रोगको अवस्था:

Ø  सङ्क्रमित पशु सङ्ख्याः 1३ लाख ५ हजार ३६१

Ø  उपचार पश्चात निको भएको पशु सङ्ख्याः १० लाख ८२ हजार १५९

Ø  हाल सक्रिय संक्रमित पशु सङ्ख्याः 1 लाख ७५ हजार ५५३

Ø  प्रदेशहरुबाट प्राप्त तथ्याङ्कका आधारमा रोगको कारण मरेको पशु संख्याः 4७ हजार ६४९

Ø  हालसम्म आयात भएको खोपको मात्राः १३ लाख ६९ हजार डोज

Ø  हालसम्म खोप लगाई सकिएको पशु सङ्ख्याः ६ लाख ८६ हजार ४५०

 

सरकारका प्रयासहरु

राष्ट्रव्यापी रुपमा वृहत खोप कार्यक्रम सञ्चालन गर्न लम्पी स्किन रोग विरुद्धको खोप निःशुल्क उपलब्ध गराउन छिमेकी राष्ट्र भारत र चीनसँग समन्वय गरिएको छ। यस क्रममा माननीय मन्त्रीज्यूबाट गरिएको भारत भ्रमणका क्रममा भारतीय समकक्षी तथा अन्य सरोकारवाला निकायसँग भएको समन्वयमा लम्पी स्किन रोग विरुद्धको खोप र स्वदेशमै लम्पी स्किन रोग विरुद्धको खोप उत्पादन गर्न आवश्यक मास्टर सिड निःशुल्क उपलब्ध गराउन समन्वय भएको छ। भारतीय पक्षबाट माग गरे अनुसार खोप उत्पादन तथा तत्काल प्रयोगका लागि खोपको उपलब्ध गराउन अवधारण पत्र परराष्ट्र मन्त्रालयमा मार्फत भारत सरकारमा पेश गरिएको छ।

लम्पी स्किन रोगको हालको प्रकोप नियन्त्रणका लागि छिमेकी मुलुकहरूमा रोग नियन्त्रणको लागि प्रयोग गरिएको र विश्व पशु स्वास्थ्य संगठनले प्रकोप नियन्त्रणको लागि वैकल्पिक उपायको रूपमा सिफारिस गरेको गोट पक्स खोप समेत प्रयोग गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयवाट सहमति प्रदान गरिएको। तसर्थ लम्पी स्किन (निथ्लिङ स्ट्रेन)  खोपको अतिरिक्त गोट पक्स खोप आयात र प्रयोग गर्न सकिन्छ।

देशमा देखापरेको लम्पी स्किन रोगको प्रकोप रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा मिति २०८० श्रावण १५ गते सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूको समुपस्थितिमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री बेदुराम भुसाल, सम्वद्ध सचिवज्यूहरू तथा पदाधिकारीहरूको वैठकबाट विगतमा छिमेकी मुलुकहरूमा फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न अवलम्बन गरिएका अनुभवहरू समेतलाई आत्मसात् गर्दै लम्पी स्किन रोग लगायतका अन्य सीमाविहिन पशुपन्छीका रोगहरूको नियन्त्रण गर्न सतर्कता अपनाई पूर्व तयारी सहितको प्रतिकार्य योजना कार्यान्वयन गर्ने, विश्व पशु स्वास्थ्य संगठनले लम्पी स्किन रोग रोकथाम तथा नियन्त्रणका लागि सिफारिस गरेका तथा छिमेकी मुलुकहरूमा समेत प्रयोग गरिएका खोप प्रकोप नियन्त्रणका लागि प्रयोगमा ल्याउने, लम्पी स्किन रोगको दीर्घकालिन नियन्त्रण गर्न स्वदेशमै खोप उत्पादन गर्न आवश्यक तयारी गर्ने तथा रोगबाट प्रभावित कृषकहरूलाई राहत सुविधा उपलब्ध गराउने निर्णय भएको छ।

 

मन्त्रालयकाे अनुराेधः 

सवै प्रकारका लाम्खुट्टे, भुसुना, झिंगा, डास, किर्ना लगायतका टोक्ने किराले यो रोग सार्ने हुँदा गोठ सफा राख्न, गोठ वरिपरिका पानीका खाल्डाखुल्डी पुर्न र गोठ नि: सङ्क्रमण गर्न पशु धनीहरुलाई अनुरोध गरिएको छ।

संक्रमित पशुहरुलार्इ वथानवाट छुट्यार्इ राख्ने, रोगि पशुहरुको आसारपसार वन्दगर्न हुन, विरामि पशुको स्याहारसुसारमा विषेश ध्यान दिन हुन समेत अनुरोध गर्दछौ ।

 

डा तपेन्द्र प्रसाद वोहरा

बरिष्ठ पशु चिकित्सक

सहप्रवक्ता, कृषि तथा पशुपन्छि विकास मन्त्रालय

सम्पर्क नं.:

(मन्त्रालयल प्रेषित गरेकाे विज्ञप्ति)