अनाज द्वारा अनुशिक्षण तथा नेटवर्किङ कार्यक्रम सम्पन्न


JUN 22, 2025

काठमाडाैँ। एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज) काे आयाेजनामा कृषि पत्रकारहरूका लागि अनुशिक्षण तथा नेटवर्किङ कार्यक्रम कार्यक्रम सम्पन्न भएकाे छ । 

काठमाडाैँ तारकेश्वरस्थित हाेटेल माेनालिसामा शुक्रवार र शनिवार दुइ दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएकाे हाे ।  कृषि रिपाेर्टिङ तथा सम्पादनमा संलग्न २० जना पत्रकारहरूकाे सहभागिता रहेकाे थियाे । 

कार्यक्रमकाे सहजीकरण अनाजका अध्यक्ष किरण आचार्य, सचिव सुरेश कुमार यादव र बाेर्ड सदस्य सबिन धमलाले गरेका थिए । 

कार्यक्रममा कृषि पत्रकारिताकाे विगत, वर्तमान र भविष्यकाे कार्यदिशाका विषयमा छलफल भएकाे थियाे ।  अन्तरक्रियात्मक अनुशिक्षणमा नेपालका पत्रकारिता क्षेत्रका मुख्य मुख्य विषयहरूका बारेमा वृहत् छलफल गरिएकाे थियाे ।

 

कार्यक्रममा सहभागीबाट प्राप्त सुझावसमेतकाे आधारमा अनाजले कृषि संचारका लागि खेल्नु पर्ने भूमिकाकाे राेडम्याप तयार गरिएकाे सचिव यादवले बताए । 

कृषि पत्रकारकाे पेशागत तथा व्यक्तिगत सुरक्षा, स्वास्थ्य र वृत्ति विकासमा खेल्न पर्ने भूमिकाका बारेमा कार्यक्रमले नयाँ दिशानिर्देश गरेकाे धमलाले बताए ।