रुपन्देहीमा प्रादेशिक युवा खाद्य सम्मेलन सम्पन्न
लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा प्रादेशिक युवा खाद्य सम्मेलन सम्पन्न भएको छ ।
संयुक्त राष्ट्रिय संघिय खाद्य तथा कृषि संगठन, एफएआ, नेपाल सरकारको संयुक्त आयोजना र राष्ट्रिय युवा परिषद नेपालको सहकार्यमा भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशभरिका जिल्लाहरुबाट १७० युवाहरुको उपस्थिती रहेको थियो ।
लुम्बिनी प्रदेशका सांसद शान्ति लोदको प्रमुख आतिथ्यमा भएको भएको उक्त कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका पदाधिकारी, राष्ट्रिय युवा परिषदका प्रमुख प्रशासकिय अधिकृत दिनेश घिमिरे, प्रादेशिक कृषि तथा भूमि व्यवस्थापन मन्त्रलय, सुनौल नगरपालिकाका नगर प्रमुख विमला अर्याललगायत विभिन्न क्षेत्रका उद्यमीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद लोदले आफू किसानको छोरी भएकीले स्थानीय सरकारमा आफूले युवाहरुको कुरा राखेको बताइन् ।
उनले आफूले महिला तथा बालबालिकाहरुको आवश्यक पहल गरिरहेकासमेत बताइन् ।
एफ ए ओ ले हरेक वर्ष इटालीमा विश्व खाद्य सम्मेलन गर्ने गर्दछ । जहाँ विश्वभरिका युवाहरुले आफ्नो उद्यमको खाद्य प्रणालीमा के ल्याउन सक्छ, त्यसको माध्यमबाट अर्थतन्त्रलाई कसरी राम्रो बनाउन सकिन्छ, त्यो कार्यक्रमलाई नेपालमा पनि किन नल्याउने भनेर प्रादेशिक संस्करण पनि गर्ने राष्ट्रिय सँस्करण पनि गर्ने, विशेषगरी कृषि खाद्य क्षेत्रलाई परिमार्जन गर्नका लागि उद्यममा जोड्नका लागि, लगानीको वातावरण बनाउनका लागि यस्तो सम्मेलनमा युवाहरुको आवाजलाई नीतिगत रुपमा पुर्याउनका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।
विशेषगरी कृषि क्षेत्रका विज्ञ, उद्यमीहरुलाई भोलीको नीति र भविष्य कस्तो हुनुपर्छ भनेर उनीहरुलाई विभिन्न गतिविधीमा सहभागी गराइएको छ ।
युवाहरुले उठाएको कुरालाई एफएओ नेपाल र नेपाल सरकारले त्यसलाई नीतिमा हाल्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
सम्मेलनमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका कृषि, व्यवसाय, होटल व्यवस्थापन विषय अध्ययन गरेका १८० विद्यार्थीहरुको सहभागिता रहेको छ ।
यस्तै फरक क्षमता भएका व्यक्ति, महिला,सिमान्तकृत वर्गका युवाहरुको उपस्थिती रहेको रहेको छ ।
सम्मेलनमा बोल्दै एफ ए ओ नेपालका राष्ट्रिय युवा विज्ञ सबिन लामिछानेले उद्यमी कसरी बन्नु पर्छ भन्ने कथा, सफल उद्यमी, कृषिसंग पर्यटन, खाद्यन्न जोडिएको बताए ।
उनले अनुसन्धान र विज्ञानको, लगानी, स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै अगाडि बढ्नुपर्ने बताए ।
विशेष गरी खाद्य कृषि प्रणालीको प्रबद्र्धनका लागि युवाको महत्वपूणर् भूमिका हुने सम्मेलनमा बताइएको छ ।
सम्मेलनबाट र सुझावहरु संकलन गरेर त्यसलाई राष्ट्रिय नीति तथा कार्यक्रलाई सकारात्मक प्रभाव पार्न सहयोग हुने समेत बताइएको छ ।