नेपाल डेरी एसोसिएसनले आयोजनामा गर्यो दही चिउरा प्रवर्द्धन कार्यक्रम सम्पन्न


JUN 29, 2024

काठमाडौँ। असार १५ को पूर्वसन्ध्यामा नेपाल डेरी एसोसिएसनको आयोजनामा दही चिउरा खाने एवं भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

एसोसिएसननको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा डेरी क्षेत्रका सरोकारवाला तथा संचारकर्मीको उपस्थिति रहेको थियो । छोटो शुभकामना मन्तव्यका साथ दही चिउरा खाएर कार्यक्रम सम्पन्न भएको थियो ।

सोसिएसनका केन्द्रीय अध्यक्ष प्रह्लाद दाहालले असार १५ मा दही चिउरा खाने परम्परालाई थप प्रवद्र्धन गर्न उद्योगी व्यवसायीहरु प्रतिवद्ध रहेको बताए ।

शुभकामना व्यक्त गर्दै दाहालले पछिल्लो समयमा एसोसिएसनले प्रवद्र्धन गरेको मही प्रवद्र्धन कार्यक्रमले राष्ट्रिय अभियानको रुपमा फैलदै गइरहेको सन्दर्भमा असार १५ मा हरेक वर्ष झैँ दही प्रवद्र्धन गर्न कार्यक्रम आयोजना गरिएको बताए ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले दही चिउरा खानु संस्कृति मात्र नभइ वैज्ञानिक तबरले पनि महत्वपूर्ण विषय रहेको बताए । दहीले पाचन प्रणालीमा सहयोग गर्ने तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धिमा पनि सहयोग गर्ने भएकाले हरेक दिन दही सेवन गर्न सुझाव यादवको छ ।

दही चिउरा खाने दिन मनाइरहँदा विभिन्न कारणे किसानले दूधको मूल्य भुक्तान नपाएको विषयमा पनि सरकार चिन्तित रहेको बताउँदै यादवले असार महिनाभित्रै समस्या समाधान गर्ने गरी सरकारले काम गरिरहेको जानकारी गराए ।

कार्यक्रममा पशु सेवा विभागका पशु विकास अधिकृत सिताराम ओली, केन्द्रीय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा, ललितपुर दुग्ध व्यवसायी संघक उपाध्यक्ष दिपक सञ्जेल लगायतले सहभागीता जनाउदै शुभकामना आदान प्रदान गरेका थिए ।

असार १४ र असार १५ मा देशभर करीब ८० लाख लिटर दही खपत हुने र सो बापत करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अध्यक्ष दाहालले जानकारी दिए ।