बुटवलमा अत्याधुनिक मासु प्रशोधन उद्योग र कोल्ड स्टोर बनाउँदै श्रीनगर एग्रिटेक


MAR 2, 2024

बुटवल । लुम्बिनी प्रदेशको बुटवलमा अत्याधुनिक मासु प्रशोधन केन्द्र ९स्लटर हाउस० र कोल्ड स्टोरेज निर्माण कार्य सुरु गरिएको छ । श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लिमिटेडले १८ करोड लगानीमा बुटवल औद्योगिक क्षेत्रभित्र पूर्वाधार निर्माण कार्य अगाडि बढाएको हो ।

कृषिजन्य उत्पादन तथा उद्योगमा सक्रिय रहेको श्रीनगरले आउदो बैशाख भित्र मासु प्रशोधन तथा कोल्ड स्टोरेजको काम सुरु गर्नेगरी काम अगाडि बढाएको कम्पनीका अध्यक्ष सतिश चन्द्र श्रेष्ठले बताए ।

लुम्बिनी प्रदेशका श्रीगरको ह्याचरी तथा दाना उद्योगहरु सञ्चालमा छन् । श्रेष्ठनले भने, ‘हाम्रो मुख्य उद्योग रुपन्देहीको शुद्धोधन गाउपालिकामा छ, यहाँ चल्ला, अन्डा उत्पादन हुन्छ । हामीले चल्ला किसानलाई बिक्री गर्ने गरेका छौ र त्यही किसानले पालेको चल्ला खान योग्य हुने भए पछि उनिहरुबाटै खरिद गरी मासु प्रशोधन बिक्री गर्ने लक्ष्य हो ।’

किसानबाट बजारमै चलेको भाउमा हामीले कुखुरा खरीद गर्ने भएकाले किसानले पनि उचित मुल्य पाउने उनको भनाइ छ । मासु प्रशोधन उद्योगबाट दैनिक ३ हजार कुखुरा अर्थात ६ हजार किलो मासु तयार गरी बजारमा पठाउने लक्ष्य रहेको र कोल्ड स्टोरको क्षेमता २ सय टनको हुने श्रेष्ठले बताए ।

मासु प्रशोधन उद्योगबाट फ्रोजन मिट साथै बोनलेस, विथ बोन, किमा, ससेज, विंग्स, लगायतका मासु उपलब्ध हुने जनाईएको छ । ‘उपभोक्तालाई उच्च गुणस्तरको मासु उपभोग गर्न सकुन भन्ने हाम्रो लक्ष्य हो र हामीले स्वास्थ्यका सबै मापदण्ड पुरा गरी काम गर्छौ, हलाल देखि सबै प्रकृया गरी सबै बर्गले खान योग्य हुन्छ र प्रशोधन केन्द्रको नियमित निरीक्षणको माग समेत हामी गर्छौ’ अध्यक्ष श्रेष्ठले भने ।

वाणिज्य बिभागबाट नेपाल गुणस्तर ९एनएस० चिन्ह लिएर प्रशोधन केन्द्र संचालनमा ल्याउने सोचका साथ काम सुरु भएको श्रेष्ठको भनाई छ ।

प्रशोधन तथा कोल्ड स्टोरको लागि कम्पनिले चीन र भारतबाट सेमि अटोमेटिक प्लान्टहरु ल्याउनका लागि प्रकृया अघि बढाएको र उद्योग स्थापनाको काम अघि बढीसकेकाले बैशाख महिना भित्रै बजारमा प्रशोधित मासु पठाउने लक्ष्य रहेको कम्पनिका प्रबन्ध निर्देशक मौसमी श्रेष्ठले बताईन् ।

‘प्रथम चरणमा मासु प्रशोधन तथा कोल्ड स्टोर तथा दोश्रो चरणमा अन्डाको प्रोसेसिंग प्लान्ट पनि जडान गर्ने भएको छ । नेपालमै पहिलो पटक अन्डाको झोल बिक्री गर्ने योजना कम्पनिको रहेको छ । हामी दोश्रो चरणमा अण्डाको झोल र पाउडर पास्चराइज गरी बिक्री समेत गर्छौ, अब अन्डाको झोल ग्यालेन र बोतलमा उपलब्ध हुन्छ, बिकसित मुलुकमा जस्तै’ अध्यक्ष श्रेष्ठले भने ।

कृषि क्षेत्रमार्फत अर्थतन्त्रमा योगदान पुर्याउने उद्देश्यले सन् २००२ मा स्थापना भएको कम्पनीमा हाल ३ सय जनाले रोजगारी पाएका छन् । श्रीनगरले १५० कुखुरा पालक किसानहरुसँग प्रत्यक्ष जोडिएर काम गरिरहेको छ ।

फार्म, फीड तथा फूडको एकीकृत व्यापार विस्तार गर्दै आएको कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको टङ्गालमा छ । लुम्बिनी प्रदेशको पाल्पा र रुपन्देहीमा उद्योग छन् ।

कम्पनीको उत्पादन ४० भन्दा बढी जिल्लामा वितरण तथा खपत हुँदै आएकोमा प्रशोधित मासुको मुख्य बजार लुम्बिनी प्रदेशलाई लक्षित गरीएको जनाएको छ।