खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग आव ०८०/८१ को अर्धवार्षिक समीक्षा (प्रेस विज्ञप्ति)
नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग
बबरमहल, काठमाडौँ
प्रेस विज्ञप्ति
आम उपभोक्ताको स्वास्थ्य र सुविधा कायम राख्न खाद्य ऐन, २०२३ तथा खाद्य नियमावली, २०२७ को प्रभावकारी कार्यान्वयन गर्दै खाद्य प्रविधिको विकास तथा खाद्यमा आधारित पोषणको सुधारका लागि विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम संचालन, खाद्य पदार्थको विश्लेषण परिक्षणका लागि विश्वसनीय प्रयोगशाला सेवा प्रदान गर्ने र स्वच्छ व्यापार तथा व्यवसायमा सहजीकरण गर्ने कार्य खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा मातहतका कार्यालयहरू गरी जम्मा ४३ कार्यालयहरूबाट हुँदै आएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा मातहतका कार्यालयहरूबाट आर्थिक वर्ष २०८०/८१ को दोश्रो त्रैमासिक एवं अर्धवार्षिक अर्थात् २०८० श्रावण १ देखि पौष मसान्तसम्ममा सम्पन्न मुख्य मुख्य कार्यहरू र सोबाट हासिल प्रगति यस प्रकार रहेका छन्।
प्रयोगशाला सूचना अनलाइन प्रणाली Laboratory Information Management System (LIMS)को विकास तथा सन्चालन
विभागले विभागस्थित राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाको सेवा प्रवाह छिटो छरितो एवं प्रभावकारी बनाउन World Bank को Strategic Road Connectivity and Trade Improvement Project (SCRTIP) परियोजना अन्तर्गत Laboratory Information Management System (LIMS) प्रणालीको विकास गरी मिति २०८० माघ १८ गते श्री कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री डा. बेदु राम भुसालज्यूद्वारा उदघाटन गरी अनलाइन प्रणालीको शुभारम्भ गरिएको छ ।
खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन र गुणस्तर नियमन
- आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक अवधिमा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी ऐन नियमानुसार जम्मा ७०८ नमूनाहरू र अर्धवार्षिक अवधिमा १,१६७ नमुनाहरू सङ्कलन भएको थियो। संकलित नमूनाहरूमध्ये अर्धवार्षिक अवधिमा खाद्यान्न/दलहनजन्यका ३१० वटा, तेल तथा घ्युजन्यका १२१ वटा, फल तथा सागपात जन्य पदार्थका १०६ वटा, दाना पदार्थका ४९ वटा, मसलाका ७८ वटा, नुनका १३ वटा, गुलियो पदार्थका ३१ वटा, चिया कफिका ४८ वटा, दुध तथा दुग्ध पदार्थका ३७ वटा, प्रशोधित पिउने पानीका ३४ वटा, कन्फेक्सनरिका २३ वटा, मासुजन्य २ वटा र अन्य खाद्य पदार्थका ५२ वटा गरि जम्मा ९०४ वटा नमुनाहरूको विश्लेषण परिक्षण भएकोमा खाद्यान्न/दलहनजन्यका ७ वटा, चिया कफीका २ वटा, दुध तथा दुग्ध पदार्थका २ वटा, तेल घ्यूका १० वटा, फल तथा सागपात जन्य पदार्थका ८ वटा, प्रशोधित पिउने पानीका ५ वटा, गुलियो पदार्थ २ वटा, दाना ७ वटा र अन्य २ वटा जम्मा ४५ वटा (४.९%) नमूनाहरूको परिक्षण प्रतिवेदन प्रतिकूल पाईएको थियो।
- आर्थिक वर्ष २०८०/८१ को दोश्रो त्रैमासिक अवधिमा खाद्य ऐन तथा नियम अनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्रीवितरण गरेको कसूरमा जम्मा ३५ थान र अर्धवार्षिक अवधिमा ८९ वटा मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको थियो।दायर गरिएका ८९ मुद्दा मध्ये अर्धवार्षिक अवधिमा प्रशोधित पिउने पानीका ३८ वटा, दुध तथा दुग्ध पदार्थका १० वटा, तेल घ्यूका ६ वटा, मसलाजन्य पदार्थ ४ वटा, मिठाईका ४ वटा, खाद्यान्न दलहनका ४ वटा, महका ३ वटा, दानाका ३ वटा, चाउ चाउका २ वटा र अन्य खाद्य पदार्थका १५ वटा गरि जम्मा ८९ वटा खाद्य पदार्थका रहेका थिए। उक्त ८९ मुद्दामध्ये ३५ वटा मुद्दा दुषितका, ३२ वटा मुद्दा न्यून गुणस्तरका, १० वटा मुद्दा लेबल सम्बन्धिका र १२ मुद्दा खाद्य ऐन नियम निर्देशिका उलङ्घन सम्बन्धि थिए।खाद्य ऐन, २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दाहरु सम्वन्धित जिल्ला अदालतमा र अन्य मुद्दाहरु सम्वन्धित जिल्ला प्रशासन कार्यालयहरूमा दायर हुने व्यवस्था रहेको छ ।
- आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक अवधिमा स्वच्छता सर्भिलेन्सका अन्तर्गत ७३८ वटा र अर्धवार्षिक अवधिमा १,१३२ वटा नमुनाहरू संकलन गरिएको थियो ।
- आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक अवधिमा खाद्य / दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटल अनुगमन तथा उजूरी उपर तत्काल सम्बोधन टोली (Rapid Response Team) मार्फत कारबाही लगायत गरि जम्मा २,७२६ पटक र अर्धवार्षिक अवधिमा ५,२९३ पटक निरीक्षण अनुगमन गरिएको थियो।
- आर्थिक वर्ष २०८०/८१ को दोश्रो त्रैमासिक अवधिमा उद्योगलाई नयाँ अनुज्ञापत्र जारी १८७ वटा, उद्योग अनुज्ञापत्र नवीकरण ४३५ वटा तथा नयाँ उद्योग स्थापना गर्न सिफारिश २७८ वटा गरि जम्मा ९०० वटा उद्योगलाई गरिएको छ भने अर्धवार्षिक अवधिमा जारी ३११ वटा, नविकरण ९४८ वटा र सिफारिस ७५२ वटा गरि जम्मा २०११ वटा उद्योगलाई गरिएको छ।
खाद्य आयात निर्यात नियमन
- खाद्य आयात निर्यात निरीक्षण तथा गुण प्रमाणीकरण प्रणाली सम्वन्धी निर्देशिकाले व्यवस्था गरे अनुरूप आयात गर्नु पूर्व अनिवार्यरूपमा अनुमति लिनुपर्ने भनी व्यवस्था गरिएका विभिन्न खाद्य पदार्थहरूको आयात अनुमति लिने क्रममा आर्थिक वर्ष २०८०/८१ को दोश्रो त्रैमासिक अवधिमा जम्मा ३,५५८ वटा र अर्धवार्षिक अवधिमा ७,४४६ वटा आयात अनुमति जारी गरिएको थियो। यसै क्रममा अर्धवार्षिक अवधिमा आवश्यक कागजात पूरा नभएका Fish pickle, Milk chocolate, Jaggery ,Vital wheat gluten, Assorted foods, Shortening , Gas fast, Refined oil, Dry yeast , Neutraceuticals लगायतका विविध खाद्य पदार्थहरु गरि जम्मा १९ वटा खाद्य पदार्थका र अर्धवार्षिक अवधिमा ३७ वटा कन्साइन्मेन्टहरूको अनुमति अस्विकृत गरिएको थियो। खाद्य पदार्थको आयात पूर्व अनुमति पत्र जारी गर्ने कार्य नेपाल राष्ट्रिय एकद्वार प्रणाली (Nepal National Single Window) बाट अनलाइन मार्फत सेवा दिने कार्य भैरहेको छ ।
- आर्थिक वर्ष २०८०/८१ को दोश्रो त्रैमासिक अवधिमा २५४ उत्पादन दर्ता र २६३ नविकरण समेत गरि जम्मा ५१७ वटा आहारपूरक खाद्य पदार्थ नियमन गरिएको थियो।
- यस आर्थिक वर्षको दोश्रो त्रैमासिक अवधिमा १२ वटा विभिन्न नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयहरुमा १०,६१३ वटा नमूनाहरू र अर्धवार्षिक अवधिमा २३,२५१ वटा नमूनाहरू प्राप्त भई सोको जाँच विश्लेषण गरी नियमन गरिएकोमा १३ वटा नमुना प्रतिकुल पाइएको।
खाद्य स्तर निर्धारण
- खाद्य स्तर मापदण्ड मन्त्रिपरिषदबाट स्वीकृत भएका मापदण्डहरू:
- Rolled Oats को गुणस्तर मापदण्ड
- औद्योगिक रुपमा उत्पादन हुने ट्रान्स फ्याटको अधिकतम सिमा
- मसिले लेखिएको वा छापिएको कागजको प्रयोग निषेध
- स्तर निर्धारण समितिबाट स्वीकृत भई WTO SPS Notification भएका मापदण्ड:
- मस्यौराको गुणस्तर मापदण्ड
- प्राविधिक समितिबाट तयारी भएका मापदण्ड:
- अलैचीको गुणस्तर मापदण्ड
- प्रयोगशाला स्तरीकरण तथा विश्लेषण सेवा
- प्रयोगशाला स्तरीकरण
- ISO/ IEC 17025:2017 को Accreditation Scope १०१ पारामिटर बाट २८६ पारामिटरमा विस्तार भएकोमा शुक्ष्मजैवीक पारामिटर तर्फ दूध, मासु, प्र.पिउने पानी, फल/तरकारी लगायतमा ४१ वटा र रसायनिक पारामिटर तर्फ दूध, मासु, प्र.पिउने पानी, फल/तरकारी लगायतमा २४१ वटा रहेको ।
- विभाग अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगरको प्रयोगशालामा ७ किसिमका पदार्थ (Spices ( Ginger, Cardamom, Cumin, Coriander, Cloves, Pepper), Tea and Coffee, Cereal products, Honey, Fats and oil, Fruits and Vegetable products, Milk) को २३ वटा प्यारामिटरमा NABL, India बाट ISO/ IEC 17025:2017 Accreditation भएको ।
प्रयोगशाला विश्लेषण सेवा
आर्थिक वर्ष २०८०/८१ को दोश्रो त्रैमासिक अवधिमा विभागको राष्ट्रिय खाद्य तथा दाना रेफेरेन्स प्रयोगशाला तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरुका प्रयोगशालाहरूबाट खाद्य ऐन नियम कार्यान्वयनका क्रममा संकलित नमुना, खाद्य उद्योग अनुज्ञापत्रका लागि संकलित नमुनाहरु लगायत सेवाग्राहीबाट अनुरोध भई आएका गरि जम्मा ६,१७० वटा नमुनाहरु र अर्ध वार्षिक अवधिमा १५,०८१ वटा नमुनाहरु तथा आयात निर्यात नियमन अन्तर्गत दोस्रो त्रैमासिक अवधिमा १०,६१३ वटा र अर्ध वार्षिक अवधिमा २३,२५१ वटा नमुनाहरुको प्रयोगशाला जाँच परिक्षण गरिएको थियो।
ग. आयातित तरकारी तथा फलफूलमा जीवनाशक विषादीको द्रुत परिक्षण (RBPR)
नेपालमा आयात हुने ताजा तरकारी तथा फलफूलको नमुना १२ वटा खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरुबाट २९,९९१ वटा नमुनाको RBPR विधिबाट विषादी अवशेष परिक्षण गर्दा १८ वटा नमुना प्रतिकुल पाइएको।
५. विभाग तथा मातहत कार्यालयबाट भएको अनुगमन निरिक्षण तथा कारवाहीः
यस अर्धवार्षिक अवधिमा ५,२९३ पटक बिभाग तथा मातहत कार्यालयहरुबाट बजार, उद्योग, होटल रेष्टुरेन्ट/ मिठाई पसल, फलफूल बजार, हाट/बजार एवं गुनासो उजुरी सम्बोधनका लागि रेपिड रेस्पोन्स मोडालिटिबाट अनुगमन गरीएकोमा म्याद गुज्रिएका, लेबल नभएका तथा ऐन/नियम बमोजिम नपाइएका करिव ३४ लाख मुल्य बराबरको विभिन्न किसिमका खाद्य तथा पेय पदार्थ जफत गरि नष्ट गरिएको।
- प्रथम त्रैमासिक अन्दाजी मुल्य = रु. 11,20,777
- दोस्रो त्रैमासिक अन्दाजी मुल्य = रु. 22,76,837
जफत नष्ट गरीएका खाद्य पदार्थहरुमा म्याद गुज्रिएका, लेबल विवरण उल्लेख नगरिएका, न्यूनस्तरका तथा दूषित खाद्य पदार्थ (मसला, खाद्यन्न, वियर, दालमोट, चिप्स, मिट मसाला, चिजवल, मैदा, सुजी, जुस, दालमोट, अचार हल्का पेय पदार्थ, तेल, वेसार आदि) रहेका थिए।
बाह्य रंगको प्रयोग भएको आयातित दाललाई आयात अस्विकृत गरेको
प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रबाट आयात पूर्व अनुमती लिई नेपालगन्ज नाकाबाट आयात गरेको मासको दाल खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेले संकलन गरेको २ वटा नमुना (२३४० kg र ६००० kg ) गरी जम्मा ८३४० kg दालमा बाह्य रंग पाईएकोले आयात गर्न अस्वीकृत गरेको।
अन्त्यमा, खाद्य स्वच्छता तथा गुणस्तर सम्वन्धी विभिन्न समाचार सामाग्री महत्वका साथ प्रकाशन तथा प्रसारण गरी आम उपभोक्ताहरुलाई सुसूचित गर्न पत्रकार मित्रहरुले पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै आगामी दिनमा पनि आम उपभोक्ता वर्गमा जनचेतना जगाउने कार्यमा सहयोग प्राप्त हुने विभाग आशा गर्दछ ।
मिति २०८०/ १०/१८